देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुटवल–पाल्पा सडकखण्ड भोली देखि दैनिक ९ घण्टा बन्द

देशान्तर

काठमाडौं । सिद्धबाबामा सुरुङ मार्ग निर्माणको काम सुरु गर्न सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड भोली देखि दैनिक ९ घण्टा बन्द हुने भएको छ ।

सोमबारदेखि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म दुई सिफ्टमा आवतजावत रोकिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आइतबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले काम सम्पन्न नभएसम्म सडकखण्ड निमार्णस्थल वरपर आवतजावतमा समेत रोक लगाएको छ ।

एम्बुलेन्स, पेट्रोलियम पदार्थ बोक्ने टयांकर लगायतका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने अवरोध नहुने जनाइएको छ ।

निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले सडक संचालन गर्दा माथिबाट खस्ने ढुंगाले जोखिम हुने भएकाले सडक बन्द गर्नुपर्ने जनाएको छ ।