देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको सातौं बैठक बस्दै

देशान्तर

काठमाडौं । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको सातौं बैठक बस्दै छ । बैठक आज दिउँसो बस्ने भएको हो ।

प्रदेश सभा सचिवालयले यहि चैत १६ गते एक सूचना जारी गर्दै आज दिउँसो १ बजेका लागि बैठक बस्ने जनाएको हो ।

प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ नियम १२ को उपनियम (३) बमोजिम अनुरुप बैठक बस्न लागेको हो ।

सोमबार बस्ने बैठकमा प्रदेश सभामा बोल्नका लागि विशेष समय छुट्याइने र मुख्यमन्त्री लिला गिरीबाट ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेक प्रदेश सभामा पेश गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

बैठकमा नेपाली कांग्रेससहित अन्य दलले मुख्यमन्त्री गिरीको राजीनामा माग्ने तयारी समेत गरेका छन् ।

यता लुम्बिनीमा नेकपा एमालेका मुख्यमन्त्री गिरीलाई कांग्रेस, नेकपा माओवादीसहितका ८ दलले समर्थन फिर्ता लिइसकेकाले छन् ।

जसका कारण लुम्बिनी प्रदेश सरकार अल्पमत परेको छ ।