देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लामिछानेविरुद्ध राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट

देशान्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट पुगेको छ ।

सिन्धुलीका युवराज पौडेल सफलले लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको भन्दै सर्वोच्च अदालतमा रिट पेश गर्नुभएको हो ।

सर्वोच्च अदालत प्रशासनले उक्त रिटमाथि अध्ययन भइरहेको बताएको छ ।

रिट लिएर सर्वोच्च पुगेका युवराज सफलले सर्वोच्च प्रशासनले रिटमा केही सुधार गर्न आग्रह गरेको बताउनुभयो ।

प्रहरीले ३० फागुन र महान्याधिवक्ताको कार्यालयले ६ चैतमा राहदानी दुरुपयोग कसुरमा लामिछानेविरुद्ध मुद्धा नचलाउने निर्णय गरेको थियो ।

प्रहरी र महान्यायाधिवक्ता कार्यालयलको यही निर्णय उल्ट्याएर राहदानी दुरुपयोग कसुरमा लामिछाने विरुद्ध मुद्धा चलाउनुपर्ने माग गरिएको रिट निवेदन सर्वोच्च अदालत पुगेको हो ।

अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै त्यतिबेला रविले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष र सांसद पद गुमाएका थिए ।

नागरिकता विवाद मुद्धामा १३ माघमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो ।