काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा क्षेत्रको विकासमा सुधारको खाँचो रहेको बताउनुभएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको एघारौं दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले शिक्षा क्षेत्रमा गुणात्मक सुधारको खाँचो रहेको बताउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा क्षेत्रको विकासका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो ।
शिक्षा क्षेत्रमा सुधार गर्नका निम्ति वर्तमान सरकारले शिक्षामन्त्रीको नेतृत्वमा ठोस योजना बनाएर काम गर्ने उहाँले जानकारी दिनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनका लागि आफ्नो पालामा अनुमति दिएको बताउँदै दाहालले आगामी शैक्षिक सत्रदेखि एमबीबीएस कक्षा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।
लामो समयदेखि मेडिकल कक्षा सञ्चालनको अनुमति कुरेर बसेको विश्वविद्यालयलाई आफ्नै नेतृत्वको मन्त्रिपरिषद् बैठकले अनुमति प्रदान गर्न पाउँदा खुसी लागेको बताउँदै बाँकी कामका लागि पनि सरकार तयार रहेको बताउनुभयो ।
प्रतिक्रिया