काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले प्रकोप प्रभावित भई घरबिहीन बनेका नागरिकलाई वर्षा सुरू हुनु अगावै ओत् लाग्न पाउने गरी आवासको सुविधा पुर्याउन निर्देशन दिनुभएको छ ।
आइतबार मन्त्रालयमा भएको शहरी विकास तथा भवन निर्माण विभागको स्वागत र बिफ्रिङ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङ यस्तो निर्देशन दिनुभएको हो । ।
उहाँले विपद् प्रभावित भई घरबिहीन बनेका नागरिकलाई दुई महिनाभित्रै आधारभूत आवास सुविधाको प्रबन्ध गर्न निर्देशन दिनुभयो ।
संविधानले नै नागरिकलाई आधारभूत आवास सुविधाको कुरा मौलिक हककोरुपमा व्यवस्था गरेकोले त्यससम्बन्धी कानूनी प्रावधान र अनुदानको व्यवस्थासमेत गर्न सरकारलाई मन्त्री गुरुङले दबाब दिनुभइको हो
प्रतिक्रिया