काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाले यही संविधानलाई प्रयोग गरेर राजा फर्काउने बताउनुभएको छ।
आइतबार प्रतिनिधिसभाको बैठकमा उहाँले यही संसद र संविधान प्रयोग गरेर राजतन्त्र फर्काउने कोशिस गर्ने बताउनुभएको हो ।
प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि कोणबाट, कुनै पनि तर्क दिएर प्राप्त उपलब्धी, राजनीतिक व्यवस्थालाई कमजोर पार्ने र यसप्रति धावा बोल्न नदिन सरकार दृढ रहेको बताएउनुभएको थियो ।
त्यसप्रति टिप्पणी गर्दै राप्रपा सांसद राणाले आफूहरुको एजेण्डा अनुसार नै अघि बढ्ने जवाफ दिनुभएको थियो ।
प्रतिक्रिया