देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तातोपानी र हिल्सा नाका वैशाख १८ देखि पूर्ण रुपमा खुल्ने

देशान्तर

काठमाडौं । नेपालसँगका थप दुई व्यापारिक तातोपानी र हिल्सा नाका१८ वैशाखदेखि चीनले खुला गर्ने भएको छ ।

शनिबारदेखि रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ । १५ चैत (२९ मार्च) मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा यस्तो निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

तिब्बतसँग जोडिएका नेपाली नाका क्रमैसँग खोल्दै जाने सहमति अनुसार दुवै नाका १८ वैशाखदेखि खुलाउने निर्णय भएको हो । अब सबै नाका खुल्दै जाने मन्त्रालयका सहसचिव एवम् वार्ता टोली सदस्य डा।नारायणप्रसाद रेग्मीले बताउनुभयो ।

नेपाल चीन दोस्रो ठूलो व्यापारिक नाका तातोपानी सोही दिनबाट व्यापारका लागि दुईतर्फी रुपमा खुला हुने भएको हो ।

भन्सार कार्यालयका अनुसार चीनले १८ वैशख (१ मे )बाट नाकाको व्यापार दोहोरो सञ्चालन गर्नेगरी तयारी गर्न सूचना पठाएको छ ।

चीनले बिस्तारै सबै नाका सहज बनाउने नीतिअनुसार आयातको कोटा प्रणाली समेत हटाएको प्रमुख भन्सार प्रशासक दयानन्द केसीले बताए ।

वाणिज्य मन्त्रालयकाअनुसार अब सबै नाका खुलाउने नीतिअनुसार क्रमैसँग चीनले नाका खोल्ने समझदारी गरेको छ ।हाल हिल्सा नाका २०७६ चैत ११ देखि पूर्ण रुपमा बन्द छ भने सिन्धुपाल्चोकको तातोपानी नाका एकतर्फी रुपमा सञ्चालनमा छ ।