काठमाडौं । नेकपा एमालेका महासचिव शंखर पोखरेलले वैशाख १० गतेको उपनिर्वाचनमा जुट्न आह्वान गर्नुभएको छ ।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले यस्तो बताउनुभएको हो ।
तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा जुट्न आह्वान गर्नुभएको हो । महासचिव पोखरेलले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य आवश्यक भएकाले मिलेर अगाडि बढ्न आह्वान गर्नुभयो ।
उहाँले विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य रहेको भन्दै देश किन बनेन भनेर चिन्ता गर्नेहरु सबै राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि बढ्न आग्रह गर्नुभएको छ ।
एमालेले तनहुँ–१ मा पूर्वआईजीपी सवेन्द्र खनाल, चितवन–२ रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ । एमालेले बारा–२को उम्मेदवार टुंगो लगाउन बाँकी छ ।
प्रतिक्रिया