काठमाडौं । शनिबार राति १२ बजेट उड्नु पर्ने नेपाल वायू सेवा निगमको आर ए२२९ उडान नम्बरको विमान चालक (पाइलट) बिरामी पछि नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान ११ घण्टा ढिलो भएको छ ।
सो विमानको अहिले भर्खरै ‘डोर क्लोज’ गरिएको छ । यो जहाज दुबई उड्ने क्रममा छ ।
निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार यस उडानमा तोकिएका एक पाइलटले बिरामी भएको रिर्पोटिङ गरेका थिए ।
विकल्पमा अर्को पाइलटसमेत उपलब्ध हुन नसकेपछि उडान ११ घण्टा सम्म डिले हुन पुगेको हो ।
वाइडबडी यो विमानबाट २६६ जना यात्रुले दुबई उड्न बोर्डिङ पास लिएका थिए । उनीहरुलाई राति विभिन्न होटेलमा राखी बिहान विमानस्थल पु¥याइएको छ ।
प्रतिक्रिया