देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधि सभा बैठक आज बस्दै

देशान्तर


संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो एक बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । दलहरूबीच प्रतिनिधि सभा नियमावलीमा शनिबार सहमति जुटेकोले आज सर्वसम्मतिमै नियमावली पारित गर्ने तयारि भएको छ । त्यस्तै सभामुखको तजबिजी अधिकार कटौती पर्ने प्रस्तावबाट सत्तापक्षका सांसदहरु पछि हटेने भएका हुन् । त्यसका लागि शनिवार दलहरुले नियमावलीमा सहमति जुटेको थियो ।

त्यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आव २०७८÷०७९)’ पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले “प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ । उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने र प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।