नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा बिहान १० बजे बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा उपनिर्वाचन र सरकारमा पठाउने थप मन्त्रिहरुका सन्दर्भमा छलफल हुने छ ।
कांग्रेसले तनुहँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । त्यस्तै बारा २ मा उम्मेदवारी दिने वा जसपाका उम्मेदवारलाई समर्थन गर्ने बैठकले निर्णय लिने छ । उपनिर्वाचनको तयारीका लागि बैठकले केही नेताहरुलाई जिम्मेवारी दिने तयारि समेत भएको छ ।
बैठकमा सरकारमा सहभागिताको विषयमा आन्तरिक विवादबारे पनि छलफल हुने भएको छ । सत्ता गठबन्धनमा कांग्रेसले पाएको ८ मन्त्रालयमा तीन मन्त्रालय आफ्नो समूहले पाउनुपर्ने भन्दै शेखर÷गगन समूहले मन्त्रीको नाम पठाएको छैन । बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा को कसलाई पठाउने भन्ने विषयमा पनि निर्णय हुने छ ।
प्रतिक्रिया