देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति पौडेल टिचिङ अस्पताल भर्ना

देशान्तर

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन् । पेटमा समस्या भएपछि उनी आज साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले  जानकारी दिए ।

“राष्ट्रपति पौडेल पेटमा समस्या आएपछि आज साँझ अस्पतालमा भर्ना हुनुभएको हो”, उनले भने ।

अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भइ उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा आज साँझ भर्ना भएको र उनी हाल चिकित्सकहरुको निगरानीमा रहेको अस्पतालले जनाएको छ ।

No description available.