देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बोलीको टुङ्गो नहुँने मन्त्री

देशान्तर

काठमाडौं । पहिले मन्त्री बन्दिन भन्दै हिड्नु भएका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफ्नो बोलीको बचाउँ गर्नुभएको छ ।

खड्का मन्त्री बनेपछि उपप्रधानमन्त्री बन्दिन भनेर कहिल्यै नभनेको दावी गर्नुभएको हो ।

शुक्रबार उपप्रधान एवं रक्षामन्त्री बन्नुभएका खड्काले शनिबार बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर शालिकमा माल्यार्पण गर्नुभएको हो ।

शालिकमा माल्यार्पण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले आफ्नो बोलीको आफैं बचाउँ गर्नुभएको छ ।

मन्त्री हुनुअघि खड्काले विभिन्न सार्वजनिक कार्यक्रमहरुमा धेरै पटक मन्त्री बनिसकेको हुँदा अब मन्त्री नबन्ने तर अरुलाई मन्त्री बनाउने बताउँदै आउनुभएको थियो ।