देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकाको दक्षिणी राज्यमा आएको आँधीका कारण २ करोड ८० लाख मानिस प्रभावित

देशान्तर

एजेन्सी । अमेरिकाको दक्षिणी राज्य अर्कान्सासमा शुक्रबार आएको विनाशकारी आँधीका कारण तीन जनाको मृत्यु भएको छ । दर्जनौं मानिस घाइते भएका छ ।

ठूलो क्षति भएको आँधीबाट उत्तरपूर्वी इलिनोइस, उत्तरपश्चिम इन्डियाना, र लेक मिशिगनका २ करोड ८० लाख मानिस प्रभावित भएको राष्ट्रिय मौसम सेवालाई उद्धृत गर्दै अमेरिकी समाचार संस्थाले जनाएको छ ।

प्रभावित क्षेत्रमा ११० किलोमिटरभन्दा बढि हावाको गति र ठूलो असिना पर्न सक्ने खतरा छ ।

आँधीका कारण अर्कान्सासमा विद्युत आपूर्ति ठप्प हुुँदा प्रदेशका ९३ हजार जनता अन्धकारमा बस्न बाध्य भएका छन् । मेयर फ्रान्क स्कट जुनियरले ट्वीट गर्दै भनेकी छन्, आँधीका कारण धनमालमा ठूलो क्षति पुगेको दुःख लागेको बताएकी छन् ।

राज्यका धेरै ठाउँमा रुख ढलेका कारण सडकमा सवारी आवागमन प्रभावित भएको छ । धेरै मानिसका घर ध्वस्त भएका छन् ।

योसँगै लिटिल रकबाट १७० किलोमिटर उत्तरपूर्वमा रहेको वेन शहर पनि आँधीको चपेटामा परेको छ ।