काठमाडौं । उप–चुनावको उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।
उपमहासचिव विष्णु रिमालका अनुसार बैठक साढे १२ बजे पार्टी मूख्य कार्यालय च्यासलमा बस्ने छ ।
चितवन– २ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ –१ मा पूर्व आईजीपी सर्वेन्द्र खनालको नाम लगभग टुंगिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सचिवालय बैठकबाट टुंगो लाग्नेछ । बारा – १ बाट को उठाउने भनेर पनि बैठकमा टुंगो लगाउने जनाइएको छ । बैशाख १० गते उप–चुनाव हुँदैछ ।
प्रतिक्रिया