देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसंग छलफल गर्दै

देशान्तर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत मिटरब्याज पीडितलाई भेट्दै हुनुहुन्छ । उहाँले अहिले बिहान मिटरब्याज पीडितसँग बालुवाटारमा भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

मिटरब्याजीले उठीबास लगाएपछि न्याय माग्दै पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेरै काठमाण्डौमा आई आन्दोलन गरिरहेका छन् ।

उता  नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितका समस्या समाधानका लागि ‘अधिकार सम्पन्न उच्चस्तरीय जाँचबुझ आयोग’ गठन गर्नु हुने भएको छ । श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मिटरब्याजपीडितका समस्या समाधान गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने फाइलमा हस्ताक्षर गर्नु भएको हो । आज समस्या समाधान नभएमा आईतवारको मन्त्रीपरिषद बैठकमा श्रेष्ठले प्रस्ताव लैजाने तयारि गनुृ भएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव जितेन्द्र बस्नेतले वताउनु भयो ।