देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मिस नेपाल–२०२३ का २४ जना सुन्दरी घोषणा

देशान्तर

काठमाडौं । मिस नेपाल२०२३ का अन्तिम २४ जना प्रतियोगी घोषणा भएको छ ।

शुक्रबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजित स्यास सेरेमोनीमा सेमी–फाइनलिस्ट घोषणा गरिएको हो ।

सातै प्रदेशमा सञ्चालन गरिएको अडिसनमार्फत यी प्रतिस्पर्धी छानिएको द हिडन ट्रेजरले जनाएको छ ।

स्यास सेरेमोनीमा सबैजना प्रतिस्पर्धीलाई प्रतियोगी अंक समेत हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले प्रदान गका छन् ।

स्यास ग्रहण गर्दै सुन्दरीहरुले आफ्नो परिचय र रुचिबारे बताएका थिए । जसमध्ये धेरैको आकांक्षा वातावरण, समाज र स्वास्थ्यमा योगदान पुर्‍याउनु रहेको छ । पाइलट, चिकित्सक, व्यवसायी, विद्यार्थी, मोडल पेशाका सुन्दरीले यसपटक मिस नेपालमा भाग लिएका छन् ।

काठमाडौंमा भेला भएका सुन्दरीको लागि व्यक्तित्व विकासदेखि पेजेन्टसम्बन्धी तालिम सुरु भएसकेको छ । सो तालिम मिस नेपाल कोरियोग्राफर रचना गुरुङ शर्माले उनीहरुलाई तालिम दिइरहेकी छन् ।

आगामी जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा ग्राण्ड फिनाले आयोजना हुँदैछ ।