देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खानेपानी मन्त्री अब्दुल खानको राजीनामा

देशान्तर

काठमाडौँ । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ ।

मन्त्री खानले शुक्रबार राजीनामा दिनुभएको हो ।

मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालय पाउने अपेक्ष गरेपनि खानेपानी नै पाएपछि मन्त्री खानले राजीनामा दिएको जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बताउनुभयो ।

जनमत पार्टीले सुरुदेखि कृषि र उद्योग मन्त्रालय माग गर्दै आइरहेको थियो । प्रधानमन्त्री प्रचण्डले तत्काललाई खानेपानी मन्त्रालयमा सम्हाल्नु, पछि मिलाउन भनेको तर अहिले खानेपानी मन्त्रालय नै कायम राखेका कारण मन्त्री खानले राजीनामा दिनुभएको हो ।

पछिल्लो समय मन्त्रालय बाँडफाँट हुँदा उद्योग मन्त्रालय पाउनेमा जनमत पार्टी ढुक्क थियो । तर जनमत पार्टीलाई खानेपानी मन्त्रालय नै कायम रहने कुरा बाहिर आएपछि मन्त्री खानले राजिनामा दिनुभएको हो ।