देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जसपाका अशोक राईले दुई मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुने

देशान्तर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष अशोक राईले दुईवटा मन्त्रालय सम्हाल्नु हुने भएको छ ।

पार्टीले शुक्रबार उहाँलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसहित वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु हुने गरी सरकारमा पठाउने निर्णय गरेको छ ।

जसपाले पाएका दुई मन्त्रालयमध्ये एउटामा नाम टुंग्याउन नसकेपछि दुवै मन्त्रालयको जिम्मेवारी दिइएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभएको छ।