देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादीबाट नारायणकाजी श्रेष्ठ गृह र शक्ति बस्नेत उर्जामन्त्री

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेत उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री हनुनेभएको छ ।

श्रेष्ठ मन्त्रालय सरुवा भएर गृह मन्त्रालयको जिम्मेवारीमा जाने भएका छन् भने बस्नेतले नयाँ मन्त्रीको रुपमा सपथ लिनुहुनेभएको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारीमा सम्मालुनुहुनेछ ।

यसैगरी, पार्टीका उपमहासचिव बस्नेत उर्जा मन्त्री हुनुहुनेछ । यसअघि तीन पटक मन्त्री भइसक्नुभएका बस्नेत चौथोपटक मन्त्रीको सपथ लिनुहुनेछ ।

यस्तै सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको मन्त्रालय यथावत हुने भएको छ । उहाँले मन्त्रालय फेर्न प्रस्ताव गरेपछि प्रधानमन्त्री प्रचण्डले महिला वालवालिका मन्त्री बन्न आग्रह गर्नुभएको थियो ।

अन्तमा सामान्य प्रशासनमै रहनुभएको छ । यस्तै सञ्चार मन्त्री रेखा शर्मा र पर्यटन मन्त्री सुदन किराँतीको मन्त्रालय समेत यथावत हुने भएको छ ।