देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार विस्तारपछि देशले नयाँ काँचुली फेर्छः रेखा शर्मा

देशान्तर

काठमाडौं । सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले गौरव गर्नलायक कामको थालनी गरेको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र सिद्धार्थनगर नगर समिति रुपन्देहीले आज गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले अब सरकार विस्तारपछि नतिजा देखिने थप महत्वपूर्ण काम हुने बताउनुभएको हो ।

उहाँले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिने, शहीदहरुको नाम राजपत्रका प्रकाशित गर्नेलगायत कामको थालनी सरकारले गरेको र यसमा गौरव गर्नुपर्ने बताउनुभयो ।

सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउनेदेखि मिटरब्याजलाई अपराध घोषणा गर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने, किसानको उत्पादनको समर्थन मूल्य तोक्ने लगायतका काम पनि सरकारले गरेको जानकारी उहाँको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघले लुम्बिनीमा आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलनलाई सम्बोधन गर्न मन्त्री शर्मा भैरहवा पुग्नुभएको थियो ।