देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिभुवन विमानस्थलले कर्मचारीको दैनिक कामबारे अभिलेख राख्ने

देशान्तर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी तुल्याउँदै विमानस्थलको कार्यरत कर्मचारीको कामबारे दैनिक अभिलेख राखिने भएको छ। विमानस्थलबाट प्रवाह हुने सेवा, यात्रुको सुविधा सन्तुष्टि सुनिश्चित गर्न कार्ययोजना बनाइएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारि दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थल प्रशासनलाई एक दर्जन प्रश्न सोध्दै त्यसको जवाफ माग गर्नु भएको थियो । देशको ऐनाका रूपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ र प्रभावकारी तुल्याउन उनले पटकपटक छड्के निरीक्षण र विमानस्थलका उच्च अधिकारीसँग चरणबद्ध छलफल गर्दै आउनु भएको छ ।