देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय सभाको बैठक आज बस्दै

देशान्तर

संघीय संसद अन्तर्गत बिहीबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ः०१ मा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन,राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन, र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिल कुमारी रावल थापाले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५÷७६ देखि २०७७÷७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनगुमन एवं मूल्याङ्कन प्रतिवेदन, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्ततु गर्नुहुने कार्यसूची छ । सभामा सांसद डा. बेदुराम भसुालले ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस’”’ भन्ने प्रस्ताव बैठकमा प्रस्ततु गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।