काठमाडौं । पुस १० मा प्रधानमन्त्री बेनका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
विगतको गठबन्धन भत्किएर नयाँ शीराबाट राजनीति अघि बढेपछि प्रचण्डले यसबीचमा संसदमा दोस्रो पटक विश्वासको मत लिइसकेका छन् । चैत ५ मा उनले विश्वासको मत पाउँदा बनेको १० दलीय गठबन्धनकाबीचमा बल्ल मन्त्रिपरिषद् विस्तारबारे सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा म्यारथ शैलीमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयको भागबन्डा टुंगोमा पु¥याएको जनाइएको छ । त्यही सहमति अनुसार आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने बुझिएको छ ।
बुधबारको बैठकमा गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले ८ वटा मन्त्रालय पाउने पक्का भएको छ । यस्तै, सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले ५, जनता समाजवादी पार्टीले २, नेकपा एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने सहमति जुटेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी र डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले १–१ वटा मन्त्रालय पाउने भएका छन् ।
भागबण्डासँग २२ वटा मन्त्रालयको हिसाब मिलेको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । नेताहरुका अनुसार बाँकी ३ वटा राज्यमन्त्री थपेर मन्त्रिपरिषद् २५ सदस्यीय पुग्नेछ ।
नेकपा एमालेको नेतृत्वमा गत पुस १० गते प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्बाट राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका थिए ।
एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले चैत ५ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए । प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस, माओवादी केन्द्रसहित १० दलको समर्थन छ ।
प्रतिक्रिया