काठमाडौं । सत्ता गठबन्धनको बैठकले भोलि बेलुकीसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति गरेका छन्।
बालुवाटारमा आज बसेको गठबन्धन बैठकले मन्त्रालयको संख्यामा सहमति गरे कुन दलले कुन मन्त्रालय लिने भन्ने बारे भने अझै टुंगो लागिसकेको छैन ।
बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले भोलि बेलुकीसम्म मन्त्रिपरिषदले पूर्णता पाउने जानकारी दिनु भएको छ । गठबन्धनमा रहेका १० दल मध्य राष्ट्रिय जनमोर्चाबाहेक बाँकि दल सरकारमा सहभागी हुनेछन । दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीहरूको नाम बुझाउने समेत सहमति गरेका छन ।
नेपाली कांग्रेसले ८ मन्त्रालय पाउनेबारे सहमती भएको छ । तर कुन–कुन मन्त्रालय भन्ने टुंगिएको छैन । यस्तै माओवादीले ५, जसपा र एकीकृत समाजवादीले २-२, अन्य दलले एक-एक मन्त्रालय पाउने सहमति भएको भएको हो । सरकारमा रहेको जनमतलाई थप राज्यमन्त्री दिने सहमति भएको छ।
प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने पुनः सहभागी हुन नपाउने भएको छ । गठबन्धनको बैठकले गरेको भागबण्डामा रास्वपा पर्न सकेन । नयाँ मन्त्रीहरूको शपथ भोलि नै गराउने तयारी गरिएको छ ।
प्रतिक्रिया