देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानन्यायाधीशको मर्यादाक्रम सच्याउन प्रधानमन्त्रीलाई सर्वोच्च बारको पत्र

देशान्तर

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीशको मर्यादाक्रम सच्याउन माग गर्दै पत्र पठाएको छ ।

राष्ट्रियसभामा दर्ता भएको मर्यादाक्रम विधेयकप्रति ध्यानाकर्षण भएको जनाउँदै बारले न्यायपालिकाको प्रमुखलाई व्यवस्थापिका प्रमुखभन्दा तल्लो मर्यादाक्रममा राख्ने प्रस्तावप्रति आपत्ति जनाएको हो ।

चौथो मर्यादाक्रममा रहेका प्रधानन्यायाधीशलाई प्रस्तावित विधेयकमा पाँचौं स्थानमा राखिएपछि आलोचना भइरहेको छ।

सचिव श्यामकुमार खत्रीले प्रधानमन्त्रीलाई सम्बोधन गरी पठाएको पत्रमा संविधान विपरीत हुने र शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायपालिकासम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरीत हुने प्रस्ताव प्रति आपत्ति जनाइएको छ ।