देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपठाउने एकीकृत समाजवादीको निर्णय

देशान्तर

काठमाडौँ । बुधवार बसेको सो पार्टीको आकस्मिक केन्द्रीय सचिवालय बैठकले नेकपा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय पाउने ग्यारेन्टी नगरेसम्म मन्त्रीको नाम नपठाउने निर्णय गरेको छ ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार अहिले तीन वटा मन्त्रालय पाउने निश्चित नभएको र मन्त्रालयको पनि टुङ्गो नलागेकाले हामी प्रधानमन्त्रीको उत्तरको प्रतीक्षामा बसेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीले एक जनाको नाम मागे पनि आफूहरूलाई तीन वटा मन्त्रालय नदिएसम्म नाम डिस्क्लोज नगर्ने बताउनुभयो ।

यद्यपि नेकपा समाजवादीले डा. बेदुराम भुसाल, प्रकाश जवाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने यसअघि नै निर्णय गरिसकेको छ ।

ल्बदष् िदबलप