काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकार ५ वर्ष टिक्ने दाबी गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले निर्वाचनपछि लगातार एउटै सरकार भएको भन्दै सरकार अस्थिर नहुने बताउनुभएको हो ।
बुधबारबाट सुरू भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले केन्द्रीय सरकार अब ५ वर्षको लागि स्थायी बनोस् र सहकार्य गर्न पाइयोस् भन्ने अभिव्यक्ति दिनुभएको थियो ।
प्रधानमन्त्री दाहालले सरकार अब बिस्तारै लयमा आइरहेको भन्दै अब देश विकासका काममा लाग्ने बताउनुभयो ।
प्रतिक्रिया