काठमाडौं । दलहरूबीच मन्त्रालयको भागवण्डाको टुंगो लगाउन सत्ता गठबन्धनका नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दलहरूबीच मन्त्रालय बाँडफाँडमा समस्या नरहेको दाबी गरेका छन् । यसअघि मंगलबार साँझ साढे २ घण्टा बसेको बैठक विना निष्कर्ष टुंगिएपछि बुधबार बिहान पुनः बसेको हो । बैठकमा कांग्रेसले ९, जसपा र एकीकृत समाजवादीले तीन–तीन मन्त्रालयमा दाबी गरेका छन् ।
त्यस्तै लोसपाले २ मन्त्रालय माग गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी पनि आफ्नो मागअनुसारका मन्त्रालय पाउनुपर्ने अडानमा छन् ।
प्रतिक्रिया