काठमाडौं – मन्त्रालयको भागवण्डाबारे टुंगो लगाउन बसेको १० दलीय गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्ष बिना नै सकिएको हो । मन्त्रीपरिषद् बिस्तारको निर्णय गर्न बसेको बैठक दलहरुले आआफ्नो दाबी नछोड्दा बिना निस्कर्ष सकियो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधवार पुनः बसेर निस्कर्ष निकाल्ने बताउनु भयो । उहाँले आजको बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको बताउनु भयो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गर्नु भएको हो ।अब उक्त मस्यौदामाथि भोलि छलफल हुने र त्यसपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने नेता लेखकले बताउनु भयो ।प्रमुख सचेतक लेखकले मन्त्रालयको बारेमा केही समस्या नरहेको पनि दावी गर्नु भयो । उहाँले आजको बैठकमा मन्त्रालय भागबण्डाको विषयले प्रवेश नपाएको बताउनु भयो ।
प्रतिक्रिया