देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले मिटरव्याजलाई अपराध घोषणा गर्दै कानून संशोधन गर्ने

देशान्तर

काठमाडौं- सरकारले मिटरव्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराधसंहिता कानूनमा संशोधन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यसतो निर्णय गरेको हो ।

मिटरब्याजपीडितको माग सम्बोधन गर्ने गरी उक्त कानूनमा दण्ड÷सजायको व्यवस्था गर्ने बताइएको छ ।कानुन संशोधनको प्रक्रिया पूरा गर्न मन्त्रिपरिषदको विधेयक समितिमा पठाउने निर्णय भएको हो ।

मन्त्रिपरिषद स्रोतका अनुसार मिटरब्याजमा रकम असुलीलाई अपराध मान्न मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, मुलुकी देवानी संहिता ऐन र मुलुकी देवानी कार्यविधि संहिता ऐनका केही प्रावधान संशोधन हुनेछ ।

गाउँमा साहु सँग लिएको चर्को ब्याजको ऋण (मिटरब्याज) का कारण जायजेथा गुमाउनु परेको भन्दै न्याय माग्न मधेशका जिल्लाबाट एक टोली पैदल हिँडेर काठमाडौं आएको छ । यसैबीच आन्दोलनरत मिटरब्याज पीडितले तत्काल आन्दोलनका कार्यक्रम फिर्ता नलिने भएका छन् । सरकारको निर्णयले वार्ताको बातावरण बनेको तर आन्दोलन नरोक्ने वार्ता भने गर्ने उनीहरुले बताएका छन ।