काठमाडौं । प्रदेशसभाबाट कोशी प्रदेश नामकरण गरेको विरोधमा प्रहरी र प्रदर्शनकारीबीचको झडपमा कम्तिमा १८ जना घाइते भएका छन् ।
विराटनगरको बिग होटलमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तर क्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा १८ जना घाइते भएका हुन् ।
प्रदेशसभाबाट कोशी प्रदेश नामकरण गरेको विरोधमा आदिवासी जनजाति समुदायले प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरी सुरू गरेको आन्दोलनमा मंगलबार विराटनगरमा झडप भएको थियो ।
आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप हुँदा नेपाल प्रहरकिा ६ जना घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए। सशस्त्रको ४ जना घाइते भएको सशस्त्र प्रहरी बलले जनाएको छ।
यता, आन्दलोनकारी तर्फ ९ जना घाइते भएका छन् । घाइते हुनेहरूमा धरान–८ का अशोक राई, तरहराका सरोज लिम्बू, धरान–११ का ज्ञानबहादुर राई, धरान( १६ का शिव आङ्देम्बेक, इलाम माङसेबुङका उदय लिम्बूको, मोरङ ग्रामथानका सुरज राई, धरान–६ र अर्का धरानका एन के दर्नाल, विशाल राई र ईटहरीका पदमलाल लिम्बू घाइते भएका छन् । घाइतेहरूको कसैको खुट्टमा त कसैको टाउकोमा चोट लागेको छ।
आन्दोलनकारीले प्रहरीको घेरा तोड्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र ३६ सेल अश्रुग्यास प्रहार गरेको पोखरेलले बताउनुभयो । आन्दोलन शान्त पार्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
केही समयअघि तनावग्रस्त बनेको विराटनगरको रोडशेष चोक क्षेत्र अहिले शान्त भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया