काठमाडौं । उपत्यकाका तीन क्याम्पसमा स्ववियु चुनाव गराउन उच्च अदालतको अन्तरिम आदेश दिएको छ ।
उपत्यकामा रत्न राज्यलक्ष्मी क्याम्पस, पाटन संयुक्त क्याम्पस र नेपाल कमर्श क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन तत्काल गर्न न्यायाधीश जगदीश घिमिरेको एकल इजलासले मंगलबार सो आदेश गरेको हो ।
यी क्याम्पसहरुमा विद्यार्थी संगठनहरुबीच नै आन्तरिक विवाद भएपछि चैत ५ र १२ गते हुने भनेको निर्वाचन स्थगित गर्ने निर्णय भएको थियो । सो निर्णयविरुद्ध क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले उच्च अदालतमा रिट दायर गरेका थिए ।
सोमबार दायर भएको रिटमा अन्तरिम आदेश जारी गर्दै तत्काल निर्वाचन गराउन भनिएको छ ।
प्रतिक्रिया