देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशी नामकरणविरूद्धको आन्दोलनमा १२ जना घाइते

पानीको फोहरा र ३६ सेल अश्रुग्यास प्रहार, आन्दोलन शान्त पार्न ठूलो संख्यामा प्रहरी परिचालन

देशान्तर

काठमाडौं । प्रदेशसभाबाट कोशी प्रदेश नामकरण गरेको विरोधमा प्रहरी र प्रदर्शनकारीबीचको झडपमा कम्तिमा १२ जना घाइते भएका छन् ।

प्रदेशसभाबाट कोशी प्रदेश नामकरण गरेको विरोधमा आदिवासी जनजाति समुदायले प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरी सुरू गरेको आन्दोलनमा मंगलबार विराटनगरमा झडप भएको थियो ।

झडपको क्रममा ६ जना प्रदर्शनकारी र ६ जना सुरक्षाकर्मी घाइते भएका हुन् । उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी मोरङका प्रमुख एसपी दीपक पोखरेलले बताउनुभयो ।

आन्दोलनकारीले प्रहरीको घेरा तोड्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र ३६ सेल अश्रुग्यास प्रहार गरेको पोखरेलले बताउनुभयो । आन्दोलन शान्त पार्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

केही समयअघि तनावग्रस्त बनेको विराटनगरको रोडशेष चोक क्षेत्र अहिले शान्त भएको प्रहरीले जनाएको छ ।

बिग होटलमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन भन्दै मंगलबार पहिचानवादीहरु प्रदर्शनमा उत्रेका थिए ।