काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको भू–राजनीतिक अवस्थित र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीले सूरक्षा चुनौती बढी रहेको बताउनुभएको छ ।
राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको उहाँको भनाइ थियो ।
देशको भू–राजनीतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरी, प्रतिस्पर्धा, सीमा विवाद, जलवायु परिवर्तनको साथै आन्तरिक रुपमा विद्यमान रहेको राजनीतिक जटिलता, विश्व आर्थिक मन्दी र त्यसको राष्ट्रिय प्रभाव परिरहेको बताउनुभयो ।
यस्ता चुनौतीहरूको डटेर सामना गर्नुपर्ने पनि उहाँले उल्लेख गर्नुभयो । समन्वय र सहकार्यको माध्यमबाट उचित ढंगबाट राष्ट्रिय हितमा प्रयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।
प्रतिक्रिया