देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मिटर ब्याज पीडितसँग भेट्ने तयारीमा प्रधानमन्त्री

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटर ब्याज पीडितसँग भेट गर्ने तयारी गर्नुभएको छ ।

मिटर ब्याज पीडितका मागका विषय वस्तु बुझ्न गठित चार सदस्यीय टोलीले भेटेपछि प्रधानमन्त्री प्रचण्डले भेट गर्ने तयारी गर्नुभएको हो ।

सरकारले गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्माको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको छ।

समितिमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन्।

सरकारले पीडितहरूका समस्या समाधानका लागि कानुनी जटिलता हटाउन संसद्‍मा विधेयक दर्ता गर्ने तयारी समेत गरेको छ ।‍​

आजै बस्ने मन्त्रिपरिषदको बैठकले मिटर ब्याज पीडितको माग सम्बोधन गर्ने गरी तयार भएको विधेयकलाई संसदमा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।