काठमाडौं । सुनचाँदी ब्यबसायी संघको २० औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
नेपाल सरकारबाट आवश्यक मापदण्ड तथा निर्देशिका प्रकाशन नहुँदा व्यवसाय संचालन एवं कारोबार असुरक्षित रहेको सुन चाँदी ब्यबसायीले बताउदै काठमाडौँ सुन चाँदी ब्यबसायी संघको २० औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अध्यक्ष माणिक रत्न शाक्यले उपभोक्ताहरुको हित, सम्पतिको सुरक्षा गरगहनाहरुको माध्यमबाट आफ्नो धर्म संस्कृति, रितिरिवाज, डिजिटल तराजुबाट जोखेर सुनचाँदीको तौलमा ग्यारेन्टी, शुद्दता तथा गुणस्तरिय सुनचाँदीका गरगहनाहरु बनाई सेवा दिई रहेका व्यवसायीहरुलाई आर्थिक वर्षमा धेरै समस्याहरु आईरहेको बताउनुभएको छ ।
विदेशबाट नेपालमा फर्फकने नेपालीहरुले आफ्नो सुविधामा ल्याउने गरगहनालाई उनीहरुको आवश्यकता अनुसार खरिद बिक्री गर्न मान्यता दिने व्यवस्था नहुनु, स्थानिय बजारमा पुराना गरगहना फिर्ता हुन् आउने खरिदलाई आधिकारिक मान्यता प्रदान नगर्नु राज्यको कमि कम्जोर रहेको औल्याउनुभएको ।
सुनचाँदी लाई देवानी संहितामा उल्लेख भएअनुसार वित्तिय लगानी निवारणसम्बन्धी आन्तरिक राजस्व विभागबाट बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीले सुचक संस्थाको रुपमा १० लाख वा सो भन्दा माथिको कारोबार गर्दा सुन चाँदी व्यवसाय गर्ने अवस्था नभएको प्रति संघले राज्यको ध्यान आकर्षण गराएको हो ।
समारोहमा बागमती प्रदेशका सांसद हरिप्रभा खड्गी श्रेष्ठले नेपाली मौलिक परम्परागत गरगहना स्वदेशी कामदार निर्भर हुने गरी प्रशिक्षण दिनका लागि सरकारको तर्फबाट सहयोगी भूमिका हुनुपर्ने बताउनु भयो । उहाँले ब्यबसायीलाई सहज हुनेगरी ब्यबस्था परिमार्जन गराउन संघीय सरकारलाई सुझाब दिने प्रतिबद्धता जाहेर गर्नुभयो ।
नेपाल सरकारले १५ वर्षदेखि सुनमा लगाएको कोटा प्रणाली र बैंकहरुले मात्र आयात र विक्री गर्न पाउने नियन्त्रित बजारबाट व्यवसायीहरु प्रति अपमान गरेको व्यवसायीले स्थानीय कर, आन्तरिक राजस्व कर वाणिज्य कर सुनको भन्सार गरी वार्षिक रुपमा सुनचादी व्यवसायीबाट मात्र असंख्य राजस्व उठाई राखेको आईरहेको तर व्यवसायीहरुको समस्याको कुनै सुनुवाई सरकारबाट नभएको राष्ट्रिय उपभोक्ता मंचका संयोजक प्रेम लाल महर्जनले बताउनुभयो ।
विगत १० बर्ष देखि उपभोक्ता र ब्यबसायी संबैधानिक अधिकार बात बाहिर रही व्यवसाय संचालन गर्नु पर्ने बाध्यता रहेको नेपाल सुनचाँदी व्यवसाय महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताउनु भयो ।
पछिल्लो समय सुनचादिलाइ सुरक्षित् लगानीमा नगरीको चाहना बढ्दै गएता पनि आयातमा कोटा प्रणाली, ब्यबसायीले बैंकमार्फत मात्र खरिद गर्न पाउने गर्नाले औपचारी कारोबार खुम्चिएको ब्यबसायीहरु बताएका छन् ।
प्रतिक्रिया