देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिके राउतले भेटे मिटरब्याज पीडितलाई, कार्यदल नै बनाएर काम गर्ने प्रतिबद्धता

देशान्तर

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले मिटरब्याज पीडितहरुसँग भेट गर्नुभएको छ ।

राउत आज दिउँसो महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगेका पीडितहरुलाई भेट्न मातातीर्थमा पुग्नुभएको हो ।

अध्यक्ष राउतले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि कार्यदल नै बनाएर काम गर्नुपर्ने बताउनुभएको छ ।

भेटका क्रममा पीडितहरुले आफूहरुको घरजग्गा सबै गुम्ने अवस्था आएको भन्दै न्याय नपाएसम्म नफर्किने बताएका छन् ।

अध्यक्ष राउतले मिटर ब्याज पीडितहरुको पक्षमा आफ्नो पार्टी जनमतले आन्दोलन गरेको बेला सरकारसँग सहमति भएको बताउनुभयो ।

तर अहिले पनि समस्या रहेको भन्दै उहाँले समाधानका लागि कार्यदल नै बनाएर काम गर्नुपर्ने बताउनुभएको छ । कतिपय गृह मन्त्रालयले परिपत्र गरेर पनि समाधान गर्न सक्छ ।

कतिपय अदालतमा विचाराधीन भएकाले विधेयक वा अध्यादेश ल्याएर मात्र समाधान गर्न सरकारसँग कुरा गरिरहेका बताउनुभएको छ । यदि सरकारले समस्या समाधान नगरे आफ्नो पार्टी पनि आन्दोलनमा आउने राउतले बताउनुभयो ।