देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इजरायलमा राजनीतिक संकट चुलिंदै, राष्ट्रिय झण्डा बोकेर दशौं हजार मानिस सडकमा उत्रिए

सडकमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप, प्रहरीलाई भिड थाम्न धौं धौं

देशान्तर

एजेन्सी । इजरायलमा राजनीतिक संकट झन चुलिंदै गएको छ ।

इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षामन्त्री योआब गालन्टलाई बर्खास्त गरेपछि राजनीतिक संकट झन चुलिएको हो ।

प्रधानमन्त्री नेतान्याहुले अघि सार्नुभएको विवादास्पद न्यायिक सुधान कार्यक्रमको विरोध गरेको आरोपमा रक्षामन्त्री गालन्ट बर्खास्त भएपछि आइतबार रातिदेखि दशौं हजारले सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् ।

इजरायलको सबै भन्दा ठूलो शहर तेल अबिब र जेरुसेलममा सडकमा उत्रिएका दशौं हजार प्रदर्शनहरुको प्रहरीसँग झडप समेत भएको छ ।

प्रस्तावित न्यायिक सुधार कार्यक्रमले कार्यकारी प्रमुखलाई सर्वेसर्वा बनाउने भन्दै सुरुदेखि नै चर्को विरोध हुँदै आएको छ ।

विपक्षी दलहरुले लामो समयदेखि विरोध प्रदर्शन गर्दै आएकोमा रक्षामन्त्रीको बर्खास्तीसँगै सत्तारुढ दलभित्रै पनि उक्त कार्यक्रमको विरोध हुन थालेको देखिएको छ ।

जसकार कारण इजरायलमा राजनीतिक संकट थप चुलिने सम्भावना छ । राष्ट्रिय झण्डा बोकेका दशौं हजार प्रदर्शनकारीले आइतबार राति प्रदर्शन गरेका हुन ।

इजरायलमा बढ्दो राजनीतिक अस्थिरताप्रति अमेरिकाले पनि चासो दिंदै सहमतिको बिन्दु खोज्नु पर्ने बताउदै आएको छ ।