देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बाट मन्त्री र उम्मेदवार छान्ने

देशान्तर

मन्त्री र उम्मेदवार छान्नका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मंगलवार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको पार्टि मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कार्यसम्पादन समिति बैठकले मन्त्री र उम्मेदवार छान्ने कांग्रेसले जनाएको छ । सरकारमा सहभागी हुने निर्णय गरिसकेको कांग्रेसले क–कसलाई मन्त्री बनाउने टुंगो गरिसकेको छैन । यसअघि बसेको कार्यसम्पादन समितिले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तलाई ध्यान दिँदै मन्त्री छान्ने मापदण्ड बनाएको थियो ।

सोहि मापदण्डका आधारमा सरकारमा पठाउने मन्त्रीबारे कार्यसम्पादन समिति बैठकमा छलफल हुनेछ । कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही केन्द्रीय सदस्य सहभागी हुनेछन् । कांग्रेसले केन्द्रीय समिति बोलाउन तत्काल सम्भव नभएको बेला कार्यसम्पादन समिति बैठकबाट आवश्यक निर्णय लिँदै आएको छ।

यसैविच काग्रेसले कार्यसम्पादन समिति बैठकमा तनहुँ १, बारा २ र चितवन २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने छ । चैत २० गते उम्मेदवारी दर्ता गर्नुपर्ने भएकोले त्यसअघि नै उम्मेदवार तय गरेर जानेबारे छलफल सुरु भएको छ । कांग्रेसमा संसदीय बोर्ड बैठकले उम्मेदवारलाई टिकट दिने विधानको व्यवस्था छ। संसदीय बोर्डमा पनि पदाधिकारी मात्रै सदस्य रहेका छन् ।