देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशको स्वास्थ्य प्रणाली व्यवस्थित भएनः सांसद दिलकुमारी

देशान्तर

काठमाडौं–  राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल (पार्वती) ले देशको स्वास्थ्य प्रणाली व्यवस्थित नरहेको बताएकी छन् । आईतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालको स्वास्थ्य प्रणाली चिन्ताजनक रहेको बताइन् ।

उनले एउटा अस्पतालबाट अर्को अस्पताल धाउँदा एम्बुलेन्सभित्र नै बिरामीले ज्यान गुमाउनुपर्ने बाध्यता सिर्जना भएको बताइन् । उनले स्वास्थ्य प्रणाली व्यवस्थित नहुँदा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, संघीयता, तीन तहका सरकारहरुको उपलब्धि नदेखिएको बताइन् । सांसद थापाले तीन तहका सरकारहरुको बीचमा समन्वय र सहकार्य नहुँदा नागरिकहरुले दुःख पाइरहेको बताइन् ।

उनले संघीय सरकार अन्तर्गतका अस्पतालहरु पनि नागरिकमैत्री बन्न नसकेको बताइन् । अस्पतालहरु बिरामीमैत्री नभएकाले दीर्घकालीन रोगहरुको चाप बढेको उनले बताइन् । सांसद थापाले बिरामीहरु तहगत सरकार र निकायहरुमा जाँदा बिरामीमैत्री व्यवस्था हुन नसकेको बताइन् ।