काठमाडौं– मिटर ब्याजविरुद्ध महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर पीडितहरू ११ औँ दिनमा काठमाडौं आइपुगेका छन् । बर्दिवासबाट पैदल हिँडेका ७२ जनाको टोली आइतवार काठमाडौंको मातातीर्थ आइपुगेको हो ।
मिटर ब्याजविरुद्धको सङ्घर्ष समिति नेपालको आयोजनामा उनीहरूले विरोधस्वरूप पैदल हिँडेका हुन् । गाउँ–गाउँबाट आएका पीडितहरूले र्यालीसँगै नाराबाजी गर्दै हिँडिरहेका छन् ।
मिटरब्याजी साहुले दुःख दिन थालेकाले महोत्तरीका मिटर ब्याज पीडित चैत २ गते काठमाण्डौका लागि हिँडेका थिए । सोमवारदेखि माइतीघर मण्डलामा आएर विरोध प्रदर्शन गर्ने तयारी रहेको सङ्घर्ष समितिले जनाएको छ ।
प्रतिक्रिया