काठमाडौं– भारतमा फेरि कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । भारतको राजधानी नयाँ दिल्ली र महाराष्ट्रलगायत विभिन्न स्थानमा कोरोना संक्रमित बढ्दै गएका हुन् ।
शनिबार मात्रै महाराष्ट्रमा ४३७ जना र दिल्लीमा १३९ जनामा संक्रमण देखिएको थियो । योसहित देशभर १५९० जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
१४६ दिनपछि देशभर एकै दिन यति धेरै बिरामी भेटिएका हुन् । भारतमा हाल सक्रिय संक्रमितको संख्या ८ हजार ६०१ पुगेको छ ।
यसैबीच, स्वास्थ्य मन्त्रालयले एक सुझाव जारी गरेको छ। कोभिडबाट बच्न ३-टी सूत्र सुझाव दिइएको छ । यी ३-टीहरू ट्र्याकिङ, खोप र परीक्षण हुन् ।
दिल्लीका स्वास्थ्य मन्त्री सौरभ भारद्वाजले सहरका अस्पतालमा इन्फ्लुएन्जाका धेरै केसहरू नभएको र स्थितिलाई नजिकबाट नियालिरहेको बताएका छन् ।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (ICMR) ले इन्फ्लुएन्जाका केसहरूमा वृद्धि H3N2 भाइरसका कारण हुनसक्ने बताएको छ ।
प्रतिक्रिया