देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तनहुँ–१ मा उम्मेदवार बन्न कांग्रेसका १३ जनाको दरखास्त

देशान्तर

वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ वाट उम्मेदवार वन्न कांग्रेसका १३ जनाले दरखास्त दिएका छन् । तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य क्षेत्रीय कार्य समितिले उम्मेदवार बन्न चाहेकाहरुलाई आवेदन माग गरेको थियो । आदेदनको अन्तिम दिन शनिबार सम्ममा १३ जनाले उम्मेदावरी दिएको कांग्रेस क्षेत्रीय सचिव दयानिधी नरालले जानकारि दिनुभयो ।

 

उम्मेदवारि दिनेहरुमा केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, महाधिवेशन प्रतिनिधिहरु रामचन्द्र अधिकारी, दीपक भट्टराई, लक्ष्मी आचार्य र आँबुखैरेनी सभापति विष्णु पन्त रहनु भएको छ ।

त्यस्तै संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, क्षेत्रीय सभापति श्यामकुमार मौरती, पूर्व सचिव समुन्द्र गोदार, नेताहरु डोबाटे विश्वकर्मा, सरिता गुरुङ र अर्जुनबहादुर अधिकारीले पनि दरखास्त दिनु भएको छ । तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि त्यहाँ उपनिर्वाचन हुँदैछ ।