राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जानु हुने भएको छ । गोरखा दरबार क्षेत्र अवलोकन, गोरखकाली मन्दिर दर्शन र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न राष्ट्रपति पौडेल सचिवालय टोलि सहित गोरखा जान लाग्नु भएको हो ।
नेपाली सेनाको हेलिकप्टरमार्फत गोरखा जाने तयारि गर्नु भएका पौडेल करिव २ घण्टा सम्म गोरखामा रहने कार्यक्रम रहेको छ । राष्ट्रपति आउने भएपछि गोरखा दरबार, गोरखकाली मन्दिरलगायत क्षेत्रमा सरसफाईन र सुरक्षा सतर्कता अपनाइएको छ । तर राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो भ्रमणलाई सामान्य रुपमा राख्न र सामान्य सुरक्षा अवस्थामै भ्रमण गराउन सचिवालय टोलिलाई निर्देशन दिनु भएको छ ।
प्रतिक्रिया