देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सोमबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने माओवादीको निर्णय

देशान्तर

काठमाडौं- नेकपा माओवादी केन्द्रले ढिलोमा आगामी सोमबारभित्रमा मन्त्रिपरिषद् बिस्तार र गठबन्धन दलहरूको सहभागिता टुंगो लगाउने निर्णय गरेको छ ।

शनिवार पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सबै दलहरूसँग छलफल भएको र आइतबारसम्म भागबण्डाको प्रस्ताव तयार हुने बताएका छन् ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले साेमबारसम्ममा मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने बताए ।

सबै दलहरूसँग छलफल गरेर प्रस्ताव तयार गर्ने जिम्मा माओवादीले प्रधानमन्त्रीलाई दिएको छ । बैठकमा गठबन्धन दलहरूसँग छलफल गरेर संसद्को कारबाही प्रभावकारी बनाउने , मन्त्रिपरिषद् विस्तार र संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुंगो लगाउने विषयमा छलफल भएको थियाे ।