देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ललितपुर मेयर्स कपः एपीएफको तेस्रो जित, कोशी प्रदेश ७ विकेटले पराजित

देशान्तर

काठमाडौं । नेपाल एपीएफ क्लब, काठमाडौंमा जारी ललितपुर मेयर महिला च्याम्पिएनसिप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७९ को फाइनलमा प्रवेश गरेको छ ।

लगातार तेस्रो जित निकाल्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो । तेस्रो जित तथा फाइनल पुग्ने क्रममा उसले कोशी प्रदेशलाई ७ विकेटले स्तब्ध पार्यो । जितका लागि पाएको ८८ रनको लक्ष्य एपीएफले १८ दशमलब १ ओभरमा ३ विकेटको क्षतीमा पुरा गर्यो ।

जसमा ममता चौधरीले २१, कप्तान सिता रानामगरले १९, इन्दु बर्माले १८ रनको योगदान गरिन् । कोशीका लागि कप्तान रुविना क्षेत्री,अलिशा खडिया र निशा शाहले एक एक विकेट हात पारे । त्यसअघि त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा ८७ रन बनायो ।

जसमा काजल श्रेष्ठले २९,कप्तान रुविना क्षेत्रीले २४, अप्सरी बेगमले २२ रनको योगदान गरिन् । एपीएफका लागि कप्तान सिता रानामगरले ३ विकेट हात पारिन् ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा चैत ९ गतेदेखि शुरु भएको प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको छ । चैत १६ गते सम्पन्न हुने प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश,नेपाल एपिएफ क्लब,मधेश प्रदेश र ललितपुर मेयर्स ११ को सहभागिता रहेको हो ।