देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल कमर्स क्याम्पसको स्ववियु निर्वाचनमा मतपत्र च्यात्ने नेविसंघका तीन कार्यकर्ता पक्राउ

देशान्तर

काठमाडौं । नेपाल कमर्स क्याम्पस मिनभवनमा स्ववियु निर्वाचनमा मतपत्र च्यात्ने नेविसंघका तीन कार्यकर्ता पक्राउ परेका छन् ।

नेपाल कमर्स क्याम्पस मिनभवनमा स्ववियु निर्वाचनका लागि मतदानका लागि विद्यार्थी लाइन बसिरहेका बेला सत्तारुढ गठबन्धनका विद्यार्थीले मतपत्र च्यातेका छन् ।

मतदान स्थलमा खटिएका प्रहरी निरीक्षकले मतपत्र च्यात्ने तीन जनालाई पक्राउ गरिएको बताउनुभएको छ । मतपत्र च्यातिएपछि बिहान ८ बजेदेखि लाइनमा बसेका विद्यार्थीलाई प्रहरीले तितरबितर पारेको छ ।

माथिको आदेश भन्दै कलेजमा खटिएका प्रहरीले मतदानमा जान लागेका विद्यार्थीलाई रोकेका छन् ।

सत्ता गठबन्धन आबद्ध विद्यार्थी संगठनहरुले मतदानमा अवरोध सिर्जना गरेका छन् । अनेरास्ववियुका अध्यक्ष समिक बडालले गठबन्धन गर्दा पनि चुना हार्ने भएपछि सत्तापक्षले प्रहरी लगाएर मतदान रोकेको बताए । प्रहरीले अहिले कलेजभित्र कसैलाई छिर्न दिएको छैन ।