काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नेपालमा साम्प्रदायिकताका लागि कुनै स्थान नभएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित पार्टी निकट जनवर्गीय संगठन रिटर्नी फेडेरेशन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सो कार्यक्रममा बोल्दै उहाँले समस्याको समाधान नहुने भएकाले मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको बताउनुभयो ।
अध्यक्ष ओलीले विदेशमा काम गरेर फर्केकाहरुले बनाएको संगठन रिटर्नी फेडेरेशनका नेतृत्वले उनीहरुको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
विदेशमा बसेर फर्केकाहरुले केही ज्ञान, केही सिप, केही संकल्प र अठोट लिएर आएको हुने भन्दै उहाँले त्यसलाई मुलुक निर्माणको काममा लगाउनका लागि रिटर्नी फेडेरेशनको नेतृत्वलाई निर्देशन दिनुर्भको छ ।
अध्यक्ष ओलीले नेपाल बसोबासको हिसावले स्वर्ग भएको उल्लेख पनि गर्नुभयो । विदेशबाट फर्किएकाहरुले देशकै केही गर्नुपर्नेमा जोड दिनुभयो ।
विदेशबाट फर्केकाहरुको समस्या समाधानका लागि सामूहिक प्रयासको आवश्यकता रहेको पनि अध्यक्ष ओलीले औंल्याउनुभयो ।
प्रतिक्रिया