राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार माओवादी केन्द्रको मात्रै सरकार भएको टिप्पोणी गर्नु भएको छ ।
पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रूपन्देहीको जिल्ला अधिवेशनलाई भैरहवामा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रचण्ड नेतृत्वको सरकारले हतारमा सशस्त्र युद्धमा ज्यान गुमाएका व्यक्तिहरूको नाम प्रकाशित गरेको र त्यो सूचीमा जीवित मानिसको नामसमेत रहेको बताउनु भयो । उहाँले देशलाई दुर्घटनाबाट बचाउन राजनीतिलाई सुधार गर्नुपर्नेमा जोड दिनु भएको छ । लिङ्देनले राजनीतिमा महिलाको हस्तक्षेपकारी भूमिका हुनुपर्ने समेत बताउनु भयो ।
प्रतिक्रिया